हेलम्बु लगायत सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा हिमपात ( हेर्नुहोस् तस्विर )

1.7K
shares
Shine resunga department bank

सिन्धुपाल्चोक। लगातारकाे बर्षासंगै जिल्लाकाे हेलम्बु लगायत विभिन्न स्थानहरुमा हिमपात भएको छ। जिल्लाकाे हेलम्बु तथा उच्च पहाडी क्षेत्र सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा हिमपात भएको हाे।

बुधवार बिहानैबाटै यस क्षेत्रमा हिमपात भएपछि जनजीवन थप कष्टकर बनेको छ । यस क्षेत्रमा कतिपय ठाउँमा आधा फिट जति हिउँ परेको तथा रुख, बारी र घरका छतहरु हिउँले ढपक्कै ढाकेको छन् ।

भारि हिमपात भएपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चिसोबाट बच्न तथा सुरक्षित रहन सम्पूर्ण पालिकावासीहरुलाई आग्रह समेत गरेका छन् ।