बार्सिलोनाका तिन खेलाडीमा काेभिड सङ्क्रमण पुष्टि

स्पेनिस ला लिगा क्लब बार्सिलोनाका तीन खेलाडीमा कोभिड १९ को संक्रमणकाे पुष्टि भएकाे छ ।

क्याटलान क्लब बार्सिलोनाले बुधबार सम्पूर्ण टोलीको पिसिआर परीक्षणपछि स्ट्राइकर औसमान डेम्बेले, स्यामुयल उम्टिटी र गाभीको रिर्पोट पोजेटिभ देखिएको जानकारी दिएकाे हाे । संक्रमण पुष्टि देखिए पछि उनीहरु क्वारेन्टाइनमा बसेकाे समेत क्लबले जानकारी दिएकाे छ ।

यसअघि बार्सिलोनाका जोर्डी अल्बा, एलेजान्द्रो ब्लाडे, क्लेमेन्ट लङ्लेट र ड्यानी आल्भेसलाई कोभिड पुष्टि भएको थियो।

Shangri-la Development Bank Ltd.
Nepali patro