skip this Bajaj motar bike

त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित

2.5K
shares

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय, परीक्षा शाखा बल्खुले परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ्ग सिष्टम अनुसार २०७८ साल भाद्र महिनामा सञ्चालन भएको स्नातकोत्तर तहको नतिजा प्रकाशित भएको हो ।

स्नातकोत्तर तह वनस्पति शास्त्र विषय दोश्रो वर्ष तेश्रो शत्र २०७५ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ सूचनामा भनिएको छ ।

सो परीक्षामा निम्नाकिंत क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएको सूचनामा उल्लेख छ ।

यसैगरी आजै अन्तिम समयमा आएर त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका संशोधन गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा ४ बर्षे स्नातक तह अन्तर्गतको विभिन्न संकायको प्रथम बर्ष को साथ साथै ३ बर्षे स्नातक तह मानविकी र शिक्षाशास्त्र संकायको तेस्रो बर्षको संशोधित परीक्षा तालिका प्रकाशन गरेको हो । प्रकाशित तालिका तलको लिंकमा क्लिक गरेर हेर्न सक्नुहुन्छ ।

civil hospital
Hams Hospitals