लता मंगेशकरको स्वास्थ्य अपडेटः १७ दिनसम्म पनि आईसीयूमा लता मंगेशकर, स्वास्थ्यमा सुधार
वि.सं.२०७८ माघ ११ मंगलवार
24.5K
shares
shares
बलिउड गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको छ । लता मंगेशकरको स्वास्थ्य बिग्रिएपछि सबैले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
८ जनवरी २०२२ मा लता मंगेशकरलाई कोरोना पोजिटिभ पाइएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।
एक विज्ञप्ति जारी गर्दै लता मंगेशकरको परिवारले भने- “लता जीको स्वास्थ्यमा सुधार देखिएको छ तर उहाँ अझै आईसीयूमा हुनुहुन्छ । उनको डा. प्रतुत समदानीको टोलीको निगरानीमा उपचार भइरहेको छ ।
उनको स्वास्थ्यको बारेमा दैनिक अपडेट दिन सम्भव छैन्। यो पूर्णतया पारिवारिक गोपनीयताको कुरा हो । यस विषयको गम्भीरता बुझ्ने प्रयास गरिदिनुहुन् अनुरोध गर्दछौं । अफवाह फैलाउनबाट बच्नुहोस् र लता जीको स्वास्थ्यको लागि प्रार्थना गर्नुहोस् । हामी तपाईको सहयोगको लागि आभारी छौं।”
Subscribe
0 Comments
Oldest
































