लिङ्‌देनको मल्ल युद्धमा जनताको चासो

नारायण आचार्य

3.2K
shares

धर्म दर्शन तथा राजनीतिक क्षेत्रमा समेत राम्रो स्कुलिङ्ग गर्न सफल ऐतिहासिक ग्रन्थ महाभारतको सभा पर्वमा तत्कालिन समयमा समाजलाई प्रतिकुल प्रभाव पार्ने तथा गम्भीर राजनीतिक विचलन सृजना गरी जनमानसमा नैराश्यता फैलाउने पात्र जरासन्धलाई कारबाही गर्न महान नैतिकवान चरित्र भीमसेनले जरासन्धसँग मल्ल युद्ध गर्न परेको दृष्टान्त दिइएको छ ।

भौतिक आँखाको नजरमा यस किसिमको मल्लयुद्ध दुई जना ठुला पाखुरा भएका मुक्केबाजहरुको भिडन्त जस्तो भएता पनि तत्वदर्शी रुपमा महाभारतले यस प्रशंगमा देश र जनता गम्भीर संकटमा परेको वेला कुनै न कुनैले नेत्रृत्व लिने परिस्थितिलाई उजागर गर्न भीमसेनले मल्ल युद्ध गरी नेत्रृत्व लिएको परिवेश देखाइएको छ ।

२०४६ सालको परिवर्तन पछिकाे स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टी पनि नेपालको राजनीतिक परिवर्तन संगै कहिले फुट त कहिले एकिकरण हुुँदै अन्तत हालै उसले ( राप्रपा ) आफ्नो पार्टीको महाधिवेशन सम्पन्न गर्यो भने पार्टीको कार्यकारी पद अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनविच प्रतिस्पर्धा हुन गई अन्तत लिङ्गदेनले नै वाजी मारे ।

२०६२/२०६३ को परिवर्तन पछि तत्कालिन राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु अधिराज्य राजसंस्था र हिन्दुहरुको प्रतिक गाई चिन्हलाई भजाएर संसदीय निर्वाचनमा उल्लेख्य सिट ( २५ ) हासिल गरे । तर उनले प्राप्त गरेको सांसद संख्याले तत्कालिन संसदमा हिन्दु अधिराज्य संवैधानिक राजसंस्थाको पक्षमा तथा संघीयता विरुद्धमा कम्तिमा पनि नोट अफ डिसेन्ट लेखन सक्थे त्यो पनि उनीहरुले गरेको देखिएन् बरु तत्कालिन सरकारसँग सौदावाजीमै आफु (कमल थापा) मन्त्री वन्न पुगे ।

यी र यस्तै कारणहरु नै आज कमल थापा प्रवृत्ति बनेको छ, राप्रपा कार्यकर्ताहरु मात्रै होइन् आम नेपाली जनताहरु लाई यस्तो कमल थापा प्रवृत्ति मन परिरहेको छैन् । जसको कारण नैतिकवान छवी बनाएका राजेन्द्र लिङ्देनले कमल थापा प्रवृत्ति विरुद्ध मल्ल युद्ध गरी नेत्रृत्व लिन सफल भएकोमा देश विदेशमा तरङ्ग ल्याएको छ ।

नेपालका ठुला भनिएका राजनीतिक पार्टीहरु नेपाली कांग्रेस, एमाले तथा माओवादी केन्द्रमा समावेश भएका तर हिन्दु राज्य र राजसंस्थाको अपेक्षा राखेका व्यक्तिहरु समेत अप्रत्यक्ष रूपमा विश्राम गर्ने तथा ओत लाग्ने चौतारो अन्ततः राप्रपा ने देखिएको छ । माथी उल्लेखित ठुला भनिएका पार्टीहरुले हिन्दु अधिराज्य तथा वैदिक परम्परामा आधारित राजसंस्था प्रति उदासीन बनेको परिपेक्षमा राप्रपाले सो मुद्धालाई आफ्नो विधानमा समावेश भएको कारण ठुला भनिएका पार्टीका कार्यकर्ताको समेत विश्राम गर्ने चौतारो राप्रपा नै हुन् पुगेको छ ।

किनकी राप्रपाले आफ्नो विधानमा जनआवाज समेटेको छ । तर हालै निर्वाचन आयोगले राप्रपाको विधानमा उल्लेखित विषय वस्तुलाई लिएर जुन किसिमको हर्कत देखायो त्यो भर्सना गर्ने लायकको छ । किनकी राप्रपाले हिमवद खण्डमा उल्लेख भएको मौलिक प्रणाली नै अंङ्गिकार गरेको देखिन्छ ।

यतिमात्र होइन् राप्रपाले विधानमा र झण्डामा उल्लेख भएका विषय वस्तु आज आम नेपालीहरुले समेत स्वामित्व लिएकाले जन आवाजलाई संकुचन पार्ने सबै खाले जरासन्ध प्रवृतिका विरुद्ध राप्रपा जस्तो सानो भनिएको पार्टीले निकट भविष्यमा ठुलो आन्दोलनको नेत्रृत्व गरी मल्ल युद्ध गर्ने सिनारियो देखिन्छ ।

राजनीतिक विश्लेषक आचार्य सन्देश संग्रहको सन्देश नामक पुस्तकका लेखक हुनुहुन्छ ।

civil hospital
Hams Hospitals