घरजग्गा नामसारीको सिफारिस लिन केकस्ता कागजपत्र चाहिन्छन् ?

3.5K
shares

काठमाडौं।घरजग्गा जसको नाममा दर्ता छ, उसको मृत्यु भएपछि नजिकको हकवालाका नाममा नामसारी गर्नुपर्ने हुन्छ । यसका लागि वडा कार्यालयबाट सिफारिस लिएर सम्बन्धित सरकारी कार्यालयमा जानुपर्ने हुन्छ ।

सिफारिस लिन विधि पुर्‍याएर आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । घरजग्गा नामसारीको लागि चाहिने कागजात र प्रक्रियाबारे स्थानीय तहले आआफ्ना वेबसाइटमार्फत सूचना दिएको पाइन्छ । सरकाले सबै स्थानीय तहबाट एकै किसिमले सेवा प्रवाह होस् भनेर विधि र प्रक्रिया तोकिदिएको छ । जसअनुसार घरजग्गा नामसारीका लागि चाहिने सिफारिस लिन निवेदन दिँदा निम्न अनुसकारका

कागजात संलग्न गर्नुपर्छ :

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन

२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) मृतक र निवेदक बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

५) सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६) चालु आर्थिक वर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

 

सिफारिस दिने-लिने प्रक्रिया यस्तो हुन्छ:

१) निवेदनसहित तोकिएको कागजात सम्बन्धित वडा कार्यालयमा पेस गर्ने

२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

कानुनी जटिलता भएको देखिएमा वडा कार्यालयले विज्ञसँग कानुनी राय लिन सक्छन् ।

सेवाग्राहीले निवेदन दिनपछि सबै प्रक्रिया पुर्‍याएर वडा कार्यालयले सोही दिन सिफारिस उपलब्ध गराउनुपर्ने व्यवस्था छ । सर्जमिन गर्नुपर्ने अवस्था देखिएमा भने बढीमा तीन दिनमा सिफारिस उपलब्ध गराउनुपर्छ ।

स्रोत : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

civil hospital
Hams Hospitals