सुकुमबासीलाई लालपुर्जा वितरण प्रक्रिया सुरु गरिने

2K
shares

काठमाडौं।राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका-१४ सहित ६ वटा वडाबाट काम सुरु गर्न लागेको हो ।

सबै वडामा ६ जनाका दरले प्राविधिकसहित आवश्यक जनशक्ति परिचालन हुने अध्यक्ष तिमिल्सिनाले बताए । स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा सेटेलाइटसहितका आवश्यक प्रविधि जुटाएर कामलाई तीव्रता दिइने उनले जानकारी दिए । भरतपुर महानगरपालिकामा १० हजार २९ जना दलित भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीले लालपुर्जा माग गर्दै निवेदन दिएका छन् ।

महानगरबाट काम थालेसँगै कालिका नगरपालिका र माडी नगरपालिकाले सरकारसँग सम्झौता गरिसकेकाले ती पालिकामा पनि तत्काल काम अघि बढ्ने तिमिल्सिनाले बताए । काम सुरु गर्नुअघि सम्बन्धित वडामा सहजीकरण समितिमार्फत सार्वजनिक सुनुवाइसमेत गर्ने उनको भनाइ छ ।

तत्कालीन जिल्ला विकास समितिको उपसभापतिसमेत रहेका तिमिल्सिनाले आफूलाई जिल्लाको सबै भूगोल र अवस्थाबारे जानकारी भएकाले वास्तविक भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने दाबी गरे ।

civil hospital
Hams Hospitals