सहकारीकाे विकासमा सहकारी विकास बोर्डको भूमिका महत्वपूर्ण छ: मन्त्री श्रेष्ठ
वि.सं.२०७८ माघ १३ बिहीवार
shares
माघ १३, काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।
आज मन्क्रालयमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्षमा नियुत्त हुनु भएका मिक्रराज दवाडीलाई नियुत्ति पत्र प्रदान र प्रतिबद्धता जाहेर कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुर्नजीवन पाएको भन्दै सहकारी क्षेत्रलाई सहि दिशामा लैजान बोर्डले अहम् भुमिका खेल्नु पर्ने बताउनु भयो ।
सहकारी बोर्डको अध्यक्ष समेत रहनु भएको मन्त्री श्रेष्ठले नीतिगत रुपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउदै देशको सापेक्षता र मौलिक ढंगबाट अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो।
उहाँले संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्वे नीति अनुरुप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिदै सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधै साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग अहिले चुनौति र अवसर दुवै रहेकाले संभावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्न महत्वपूर्ण भुमिका खेल्न पर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा मन्त्रालयमा सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रको सुधार आवश्यक रहेको औल्याउदै सहकारी बोर्डको आवश्यकता र औचित्य अझै छ भन्नेकुराको पुष्टी गर्नु आवश्यक रहेको बताउनुभयो । ।
राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सहअध्यक्ष मित्रराज दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत रुपमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



























