खेलकुद मन्त्री अथकद्धारा निर्माणाधिन गौतमबुद्ध रंगशालाको निरिक्षण

14.4K
shares
Nabil bank

काठमाण्डौं, १३ माघ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्क्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको हो ।

निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय त्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरफालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यत्रममा सहभागी हुन चितवन पुग्नुभएका मन्त्री अथकले रंगशालाको निरिक्षण तथा अवलोकन गर्नुभएको हो ।

रंगशाला निरिक्षण फछिको अन्तरक्रिया कार्यत्रममा बोल्दै मन्क्री अथकले गौतमबुद्ध अन्तर्राष्ट्रिय त्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ । उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री अथकले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।

नेपालकै गौरवको आयोजनाका रुपमा रहेको उक्त परियोजना अलपत्र हुने अवस्था सृजना हुनु दुखद भएको उल्लेख गर्दै मन्त्री अथकले भरतपुर महानगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण कार्य सम्पन्न गरीने बताउनुभयो । मन्त्री अथकले लगानीको स्रोत पहिचान गरेर रंगशाला निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च बिबरण यथाशिघ्र सार्बजनिक गर्न मन्त्री अथकले धुर्मुश–सुन्तली फाउण्डेशनलाई आग्रह समेत गर्नुभएको छ ।

रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले परियोजनाबाट हात झिकेपछि उक्त परियोजना निर्माणको जिम्मा भरतपुर महानगरफालिकाले लिएको छ । अन्तरक्रिया कार्यत्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, धुर्मुश–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल लगाएतको सहभागीता रहेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x