सुपरस्टार प्रभास र पूजा अभिनित ‘राधेश्याम’ ओटीटीमा रिलिज नहुने

12.4K
shares
Nabil bank

एजेन्सी। साउथ सुपरस्टार प्रभास र पूजा हेगडेको फिल्म ‘राधे श्याम’ प्रति दर्शकको चासो बढ्दो छ । केही दिनअघि निर्माताहरु फिल्म ओटीटी प्लेटफर्मममा पनि रिलिज गर्ने तयारी गरिरहेको खबर बाहिर आएको थियो। तर, अब यो खबरमा पूर्णविराम लागेको छ ।

फिल्मका निर्माता कृष जगरलामुडीले फिल्म थिएटरमा मात्र रिलिज हुने बताएका छन् । उनले गणतन्त्र दिवसको अवसर पारेर बुधबार यो कुराको जानकारी दिएका हुन् ।

फिल्मका निर्देशक राधा कृष्ण कुमारले पनि ट्वीटरमार्फत फिल्म थिएटरमै रिलिज हुने बताएका छन्। फिल्मका संगीतकार थमनले ‘राधे श्याम’को अनुभव लिनका लागि दर्शकले थिएटर नै रोज्नुपर्ने भन्दै फिल्म थिएटरमा रिलिज गर्ने निर्णयको स्वागत गरे ।

यो फिल्म १४ जनवरी २०२२ मा आउने तयारीमा थियो। तर, कोरोना महामारीका कारण आउन सकेन । यो फिल्म महामारीको दोस्रो र तेस्रो लहरबाट पूर्ण रुपमा प्रभावित बनेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x