पूर्वसांसद डा.मिठाराम विकद्वारा लिखित डा.अम्बेडकरको जीवन र दर्शन’ पुस्तक बिमोचन

काठमाडौं, १६ माघ । पूर्वसांसद डा.मिठाराम विकद्वारा लिखित डा.अम्बेडकरको जीवन र दर्शन’ पुस्तक आज बिमोचन गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस (वी.पी) केन्द्रीय कार्यसमितिले एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरेको हो ।

किताबको विमोचन गर्दै नेपाली कांग्रेस (वी.पी)का सभापति तथा पूर्व मन्त्री शुशिलमान शेरचनले जातिय प्रथा अन्त्यको लागि मानिसहरुको सोच परिवर्तन गर्नपर्ने बताए । उनले भने,समाज परिवर्तनको लागि युवा तथा नयाँ पीढिहरु अगाडि बढ्नु पर्छ । बुढापाकाले गरेर अब केही हुँदैन ।’ शिक्षा अगाडि बढेमा मात्र आयश्रोत बढ्ने उनको भनाई थियो ।

डा.मिठारामले लेखेको पुस्तकले समाजमा भएका नेता तथा जनताहरुलाई धेरै नै उर्जाशिल बनाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
यसैगरी, नेपाली कांग्रेस (वि.पि) का वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेलले डा.विकद्वारा लिखित पुस्तकबाट समाजमा एउटा व्यक्तिलाई आँट, साहस र हिम्मत प्राप्त हुने बताए । इमानदारिता र लगनशिलता भएमा प्रत्येक कुरामा सफलता प्राप्त गर्न सकिन्छ भन्ने पुस्तकमा दर्शाइएको टिप्पणी गरे ।

त्यस्तै, नेपाली कांग्रेस (वि.पि)का महामन्त्री देवेन्द्र प्रकाश पौडेलले शहिदको विशेष दिनमा पुस्तक विमोचन गर्ने अवसर प्राप्त भएकोमा निकै खुशी लागेको बताए । उनले डा.अम्बेडकरले भारत स्वतन्क्रताको त्रममा भएको आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेको स्मरण गराए । डा.अम्बेडकरले सामाजिक संघर्षको प्रार्दुभाव गराउन महत्वपूर्ण भुमिका निभाएको बताए ।
पौडेलले पूर्व सांसद डा.मिठाराम विश्वकर्मा पर्वतमा जन्मेर शिक्षण सेवामा काम गरेर २०६३ सालको आन्दोलन पछि सांसद भई काम गरेको दलितका छोरा भएको सुनाए ।

वि.कद्वारा लिखित पुस्तकबाट सबै समुदायका विशेष गरि आर्य समाजमा भएको विषयवस्तुहरुको ज्ञान लिन सकिने जिकिर गरे । उनले भने, यो पुस्तकले बिग्रेको नेपाली संस्कृतिलाई रक्षा गर्ने पनि गर्नेछ ।’ शासकहरुलाई पनि यो पुस्तकले ज्ञान दिने उनको भनाई थियो । सबैले यो किताबको अध्ययन गर्न पर्नेमा जोड दिए ।

पुस्तकका लेखक तथा पूर्व सांसद डा.मिठाराम विश्वकर्माले जातिय र धर्मको परिवर्तन गर्न सबैभन्दा पहिला समाजको परिवर्तन हुनुपर्ने बताए । मानसिक परिवर्तन हुँदा मात्र वास्तविक खोजेको जस्तो परिवर्तन सम्भव हुनेमा उनले जोड दिए ।

समानुपातिक व्यवस्थानै उपयुक्त हुने भन्दै उनले आनो पुस्तकमार्फत राज्य व्यवस्थाको तुलनात्मक अध्ययन गरेको पनि सुनाए । आफु लेखक नभएको भन्दै उनले साथीहरुको कारण मात्रै लेखन कार्य अगाडी बढाएको र उनीहरुकै हौसलाले गर्दा आज पुस्तक तयार भएको पनि जानकारी दिए ।

कार्यक्रममा बोल्दै पुस्तक प्रकाशक प्यासिफिक पब्लिकेशनका सञ्चालक ओमप्रकाश शर्माले आनो पब्लिकेशनले हालसम्म धेरै किताब छापे पनि विकद्वारा लिखित डा.अम्बेडकरको जीवन र दर्शन’निकै उत्कृष्ट रहेको सुनाए ।

डा.विकको प्रस्ताव राम्रो लागेर पुस्तकको सम्पादन पनि आफैले गरेको बताए । पुस्तकमा दलित परिवारका डा.अम्बेडकरले दलित भएकै कारण अवसर नपाउने भन्ने कुराको भ्रम चिरेको बताए । अब नेपालमा हुँदै आएको प्रथाहरुको अत्न्य भइरहेको बताउँदै कयौ वर्षदेखि चल्दै आएको जातिय प्रथा पनि अन्त्य गर्न पर्ने उनले धारणा राखे । उनले भने, अब समाजमा जातिय प्रथाको अन्त्य गर्नुपर्छ । ४ हजार वर्षदेखि दलित भनिने शब्दले दलितहरुलाई दबाउँदै आएको छ ।’ उनले समानताको समाज निर्माण गर्नुपर्ने बेला आएको बताए।

पुस्तकको बारेमा थप जानकारी दिँदै उनले भने,यो पुस्तकमा डा.अम्बेकरको व्यक्तिगत जीवन, दोस्रोमा राजनैतिक र सामाजिक र तेस्रोमा धर्मको विश्वव्यापी धारणाको बारेमा प्रस्ट पारिएको छ ।’ उनले यो पुस्तक नेपाली सहित्यमा कोसेढुंगा साबित हुने पनि जिकिर गरे। महामन्त्री भक्तराज भुषालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro