‘हामी सबैले सक्दछौ ‘ बोलको उत्पेरक गित सार्वजनिक

16.2K
shares
Nabil bank

सामुदायिक रेडियो प्रसारक संघका पुर्व कार्यकारी निर्देशक एवं बिकासविद् डा. आरसी लामिछानेले आफ्नै शब्दमा हामी सबैले सक्दछौ भन्ने बोलको उत्पेरक गित सार्वजनिक गर्नु भएको छ । सबैलाई सफल जीवनमा लाग्न उत्प्रेरणा दिदैं जीवनमा हामि सबैले केहि न केहि सफल काम गर्न सक्छौं भन्ने भाव गितले बोकेको छ ।

हरेक व्यक्तिले सफल जीवनको लागि सुन्नै पर्ने यो गित १३ मिनेट लामो छ । यो गित पुरै सुन्दा मात्रै पनि सफलता र सकारात्मक सोचका लागि अभिप्रेरित गर्ने देखिन्छ । नव युवाहरुलाई देशमै केही गर्न सकिन्छ र नयाँ सञ्चार बनाउन सकिन्छ भन्ने सन्देश दिन खोजेको डा. लामिछानेले बताउनु भयो ।

करिव १७ वर्ष देखी प्रसंसनीय खोज सम्वन्धि तालिम दिदै आउनु भएका लामिछानेले संगित मार्फत उत्पेरणामुलक गित सार्वजनिक गर्नुभएको भने यो पहिलो हो । स्रोताहरुले राम्रो प्रतिकृया दिदै गएकाले आगामि दिनमा पनि यस्ता रचना गर्दै जाने उहाँले बताउनु भयो । केस वेस्टन बिश्वबिद्यालयबाट प्रसंसनीय खोजको अध्ययन गर्नु भएका लामिछानेले बिश्वबिद्यालय तथा कलेजहरुमा बिषेश कक्षा लिदै आउनु भएको छ ।

नेपालमा मात्रै होइन चीन, भारत, बंगालादेश, फिलिपिन्स लगायतका देशहरुमा प्रशिक्षकको रुपमा गएर उहाँले सकारात्मक सोच र प्रसंसनीय खोज सम्बन्धी तालिमहरु सञ्चालन गर्नु भएको छ । नयाँ वर्ष २०२२ को पूर्व सन्ध्यामा मैले सक्छु, तिमिले सक्छौं, हामी सबैले सक्छौं गित सार्वजनिक गरेका लामिछाने हाल पोखरा महानगरपालिका शहरी योजना आयोगको उपाध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ ।

बिकास र योजनाका बिज्ञ लामिछाने सामाजिक रुपान्तरणको अभियानमा पनि हुनुहुन्छ । गायक एवम् संगितकार नरहरी प्रेमी र गायिका काब्य आचार्यले गाउनु भएको गितमा लक्षु प्रकास मल्लले संगित संयोजन गर्नु भएको छ । मानिसमा भएको निराशा र नकारात्मक सोचलाई हटाउन सके संसारै उज्यालो बनाउन सकिने भन्ने सन्देश बोकेको यो गित बिद्यालयहरु र तालिमहरुमा बजाए शिकाई प्रभावकारी हुने देखिन्छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x