स्टार खेलाडी मेस्सीमा कोरोना सङ्क्रमण पुष्टि

स्टार खेलाडी लियोनेल मेस्सीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पेरिस सेन्ट जर्मेनले मेस्सी सङ्क्रमित भएको पुष्टि गरेको छ ।

क्रिसमसमा छुट्टी मनाउन उनी अर्जेन्टिना गएका बेला उनलाई सङ्क्रमण भएको आशंका गरिएको छ । उनीसँगै टोलीका अन्य तीन सदस्यलाई पनि कोरोना सङ्क्रमण भएको बताइएको छ । अर्जेन्टिनी स्टारले अब सोमबार कोप डे फ्रान्समा भानेसविरुद्धको खेल गुमाउने भएका छन् ।

क्लबका अनुसार मेस्सीसँग जुआन बर्नाट, सर्जियो रिको र नाथा बिटुबमाजालाई पनि सङ्क्रमण पुष्टि भएको छ । सबै खेलाडी आइसोलेसनमा रहेको र उनीहरूले आवश्यक स्वास्थ्य सावधानी अपनाइरहेको बताइएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro