अब पृथ्वीको जमिन मुनी ५० हजार टन सुन बाँकी,जमिन माथि कति

Ghorahi cement

सुन बहुमूल्य धातु हो जसका कारण यसको मूल्य महँगो छ। संसारभर नै सुनको प्रयोग हुन्छ। यसको मूल्य पनि तल माथि भइरहन्छ।

सुन पृथ्वीको जमिन मुनी पाइने बहुमूल्य धातु हो जसकारण कुनै दिन यो खानीबाट झिक्न नसकिने गरी सकिने वैज्ञानिकहरु बताउँछन्।

विज्ञहरूका अनुसार कुनै एक वर्षमा उत्खनन गर्न सकिने उच्चतम परिमाणमा सुन झिकिन्छ। सन् २०१९ मा सुनखानीको कुल उत्पादन ३५३१ टन पुगेको थियो।

अमेरिकी भूगर्भ विभागले जमिनमुनि अब ५०,००० टन सुन बाँकी रहेको आकलन गरेको छ।

सन् २०१९ को अन्त्यमा जमिनमाथि अर्थात् संसारभर कुल १९७,५७६ टन सुन रहेको विश्व सुन परिषद्को तथ्याङ्क छ। बीबीसी

Nepali patro