नेपाल ऊड अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । नेपाल ऊड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्यूचरेक्स ट्रेडफेयर एण्ड इभेन्टसको संयुक्त आयोजनामा नेपाल ऊड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पो हुने भएको हो ।

यही पौष २३, २४ र २५ गते काठमाडौंको भृकृटीमण्डपमा हुने भएको छ । उक्त आयोजनामा विभिन्न देशका १०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरुका स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेता हरु ले काठ ब्यबसाय संग सम्बन्धित उत्पादन हरु को बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी ६ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आएको छ ।

यस सातौँ नेपाल ऊड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षीत वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro