द भ्वाइस अफ किड्स’ सिजन१ शीर्ष ८’ का प्रतिस्पर्धी जेनिश उप्रेतीद्वारा भोटको अपिल, फाईनल यहि शनिबार हुँदै 

Ghorahi cement

काठमाडौं, २४ पुस । हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको चर्चित सिङगिङ् रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ सिजन१ मा धमाकेदार प्रस्तुती दिँदै आएका शीर्ष८’का प्रतिस्पर्धी जेनिश उप्रेतीले आफुलाई भोट दिएर जिताउन अपिल गरेका छन् ।

मकवानपुर हेटौंडा १९, बस्तीपुर निवासी बाल प्रतिभा उप्रेतीले आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी शनिबार हुने फाइनलमा आफुलाई भोट दिएर द भ्वाइस अफ किड्स’ सिजन१ विजेता बनाउन आग्रह गरेका हुन् । द भ्वाइस अफ किड्स’ सिजन१ को फाइनल आगामी शनिबार बेलुका ६ बजे हुनेछ ।

पछिल्लो समयको सर्वाधिक चर्चित शो ‘द भ्वाइस अफ किड्स’ सिजन१ मा मकवानपुरको प्रतिनिधित्व गर्दै आएका टिम प्रमोदका उप्रेतीले ब्लाइन्ड, ब्याटल र लाइभ राउण्डमा जस्तै अबपनि आफुलाई भोट दिन देश तथा विदेशमा रहने सबैलाई आग्रह गरे । ‘अब शीर्ष८मा आइपुगेका छौ, सबैजना साथीहरुले राम्रो गीत गाउनुहुन्छ । मसँगै ७ जना अरु साथीहरु प्रतिस्पर्धामा हुनुहुन्छ ।

मलाई द भ्वाइस अफ किड्स’ सिजन१ विजेता देख्न चाहानुहुन्छ भने मलाई धेरैभन्दा धेरै भोट दिनुहोस् ।’ आफु विजेता हुन धेरै भोटको आवश्यकता रहको उनले बताए । कार्यक्रममा उनले जनम जनम जिउँला सँगै’, ‘फुलको थुंगा हौकी’ ….गीत गाएर सुनाएका थिए ।

उनी टिम प्रमोद खरेलबाट प्रतिस्पर्धामा उत्रिएका छन् । उनले आफुलाई भोट दिन स्वदेशमा रहनेले खल्ती एपबाट र विदेशमा रहनेले खल्ती डटकममा गएर शनिबारसम्म भोट गर्न अपिल गरे ।

उनले आफुलाई भोट दिन देशभित्रबाट खल्ती एपबाट र विदेशमा रहेकाहरुलाई खल्ती डटकमबाट भोट गर्नसमेत आग्रह गरे । उनले सबैले भोट दिएमा आफु विजेता हुने विश्वास दिलाए । द भ्वाइस अफ किड्स’ सिजन१ विजेता र भविष्यको योजना विकटका गरिबहरुलाई स्वास्थ्योपचारमा पहुँच पुर्याउनको लागि अस्पताल र शिक्षामा पहुँच पुर्याउनको लागि विद्यालय खोल्न मन लागेको सुनाए।

त्यस्तै, कार्यक्रममा बोल्दै जेनिशका काका रमेश उप्रेतीले भतिज सानैबाट संगितसाधना गरेर हुर्केको बताए । जेनिशको आमाको कोरोना भाइरसको कारण १ वर्ष अगागि मृत्यु भएको उनले जनाए ।

उनले जेनिशका बुवा रोजगारीको शिलसिलामा कुवेतमा रही सवारीचालकको काम गर्दै आएको सुनाए । उनले भने,जेनिशको आमा एपेन्डीसाइटिक्सको शल्यक्रिया पछि कोरोना संक्रमण पनि भयो र उमेर नपुगि बित्नुभयो ।’

भाउजुको मृत्युको अन्तिम समयको भनाई स्मरण गराउँदै उनले आफुलाई जेनिशलाई भ्वाइस अफ किड्समा लैजान र उसको सम्पुर्ण हेरचाह गर्ने जिम्मेवारी आफुलाई दिएको सुनाए । अहिले उसको सम्पुर्ण जिम्मेवारी मेरो काँधमा छ ।’ भाउजुको मृत्युपछि दाजु अन्तिम समयमा नेपाल आएर अहिले दाजु कर्मथलो फर्किइसकेको उनले बताए ।

उनले अहिलेसम्म जेनिशको उत्कृष्ट भ्युज आएको भन्दै सबैको भोटले गर्दा ब्लाइन्ड, ब्याटल, लाइभ राउण्ड हुँदै शीर्ष८ मा पुगेकोमा खुशी व्यक्त गरे । उनले देश तथा विदेशमा बस्ने सबैलाई जेनिशलाई भोट दिएर सहयोग गर्न आग्रह गरे । उनले जेनिश राष्ट्रको गहना हुने पनि विश्वास दिलाए ।

Nepali patro