खोपकार्ड अनिवार्यदेखि विद्यालय बन्दसम्म

काठमाडौं। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीले नियन्त्रणका लागि भन्दै सरकारलाई विभिन्न १३ वटा सिफारिस गरेको छ ।

मंगलबार बसेको सिसिएमसीको बैठकले माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने देखि विद्यालय माघ १५ गतेसम्म बन्द गर्नु पर्ने लगायको निर्णय गरेको छ ।

सिसिएमसीले कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने सिफारिस गरेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro