skip this Bajaj motar bike

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

2.5K
shares

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसमा देशैभरीका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिपक शर्माले बताए ।

सीसीएमसीले नै विद्यालय बन्द गर्ने निर्णय मन्त्रालयमा पठाएकाले त्यसको कार्यान्वय मात्र गरेको प्रवक्ता शर्माले बताए । उनले भने, ‘बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्दैछ । शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो ।’

आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । सरकारले सार्वजनिक क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड देखाउनु पर्ने र स्मार्ट लकडाउन गर्न समेत गर्न सिसिएमसीको आइतबार बसेको बैठकले यस्तो सिफारिस गरेको थियो ।

civil hospital
Hams Hospitals