उन्नती नेपालद्धारा थाक्रेका ६ विद्यालयमा शैक्षिक सामाग्री वितरण
वि.सं.२०७८ पुस २८ बुधवार
shares
धादिङ्ग।थाक्रे गाउँपालिकाका ६ वटा विद्यालयमा बाल विकास कक्षाका लागि आबश्यक पर्ने सामाग्री सहयोग गरिएको छ । थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको उपस्थीतिमा बाल कक्षाका आबश्यक सामाग्री र शैक्षिक सामाग्री विद्यालयका प्रधानाध्यपकहरुलाई सहयोग गरिएको हो ।
उन्नती नेपालको आयोजनामा थाक्रे गाउँपालिकाका ६ वटा विद्यालयमा रहेको बाल कक्षा कोठामा आबश्यक पर्ने सामाग्री वितरण गरिएको उन्नती नेपालका अध्यक्ष विष्णु खत्रीले जानकारी दिनु भएको छ ।
उन्नती नेपालद्धारा सञ्चालित बालबालिकाको शसतिकरण परियोजना अन्तर्गत बाल कक्षाका लागि साना बालबालिकाले खेल्न र सिक्न मिल्ने सामाग्री वितरण गरिएको अध्यक्ष खत्रीले बताउनु भएको छ ।
कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य,उपाध्यक्ष अम्बिका रुपाखेती, सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती,वडा अध्यक्ष रामशरण कार्की,रवि प्रकाश ओझा,उन्नती नेपालका अध्यक्ष विष्णु खत्री, विभिन्न विद्यालयका प्र.अ तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।
































