ज्ञानेन्द्र शर्मा र केदारनाथ शर्माले षड्यन्त्रपूर्वक चरित्रहत्या गरे : पत्रकार इन्जिना कार्की

Ghorahi cement

काठमाडौं, २८ पुस । पत्रकार इन्जिना कार्कीले आफूलाई ज्ञानेन्द्र शर्मा र उनका दाजु केदारनाथ शर्माले षड्यन्त्रपूर्वक चरित्रहत्या गरेको बताएकी छिन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी शर्मा दाजुभाईले सकिइसकेको लेनदेनको विषयलाई लिएर आनो धन्दा लुकाउन आनो चरित्रहत्या गरेको बताएकी हुन् ।

कार्कीले ठूलो ब्याजको प्रलोभनमा परेर १० लाख रुपैयाँ शर्मा दाजुभाईलाई दिएको खुलाइन् । २१ महिनामा १० लाखको १६ लाख दिन्छु भनेर लिनुभयो तर फिर्ता गर्नुभएन,’ कार्कीले भनिन् । पैसा नदिन उल्टै षड्यन्त्र गरेर चरित्रहत्या गरेको बताइन् ।

कार्कीले ज्ञानेन्द्र शर्मासँग आनो चिनजान ३ वर्षदेखि भएको सुनाइन्। उनका दाजु केदारनाथ शर्मासँग सहकारीको संचालकको रुपमा चिनजान भएको सुनाइन् । सहकारीमा पैसा राख्न भन्दा पहिलानै उनीहरुसँग आनो चिनजान भएको बताइन् । भाईले विदेशबाट पठाएको घर खर्च पैसालाई बचाएर राखेको रकमको राम्रो ब्याज आउने सहकारीको खोजीमा आफू रहँदा केदार नाथले १० लाख रुपैयाँ राखेमा २१ महिनामा १६ लाख दिन्छु भनेपछि दिएको सुनाइन्। उनले भनिन्, ‘म उहाँको कुरा सुनेर, ठुलो ब्याजको लोभमा परेर राजिखुशीसाथ १० लाख रुपैयाँ ज्ञानेन्द्र शर्मा र केदारनाथ शर्मालाई दिए । सुरुमा केदारनाथलाई ४ लाख दिए । तर केदारनाथ सम्पर्कविहिन हुनुभयो ।’

बल्ल बल्ल सम्पर्क गर्दा केदारनाथले उनका भाई इन्दु शर्मालाई भेट्न पठाएको सुनाइन् । उनका भाई इन्द्लुाई नेपाल हाउसमा वालुवाटारमा भेटेर २ प्रति फोटो र नागरिकताको प्रतिलिपि दिएको सुनाइन् त्यसपछि सहकारीको सदस्य भएको पासबुक आउछ भनेपनि भाई इन्दुपनि सम्पर्क विहिन भएको उनको भनाई थियो ।

विभिन्न प्रयासपछि शर्मा दाजुभाईले १६ लाख रुपैयाँको चेक २०७८ बैशाख २ गते साट्ने समय दिएर आफुलाई दिएको बताइन् । उनले भनिन्, सो समयमा जाँदा खातामा पर्याप्त पैसा नै रहेनछ ।’

चेक बाउन्सको कुरा अगाडि बढाएपछि एनआइसी बैंकको खाता ८ लाख रुपैयाँ बैंकमा हालिदिएप्छि पुन सम्पर्क विहिन भएको उनले आरोप लगाइन् । उनले भनिन्, मैंले लिन बाँकी ६ लाख रुपैयाँको चेक बाउन्स गरेको प्रहरीलाई खबर गर्छु भनेपछि हतारहतार प्रहरीलाई खबर नर्गनुस भन्दै शर्मा दाजु भाईले २ लाख रुपैयाँ दिए अनि राजिखुशी साथ १६ लाख रुपैयाँको चेक फिर्ता गरेको हो ।’

पछि होटल हिमालय नजिकको क्याफेमा १ लाख दिने भनेर बोलाएर आफूमाथि प्रहरी लगाएको आरोप लगाइन् । प्रहरीको हिरासतमा आफूलाई निकै यातना दिएको उनले बताइन् । उनले भनिन्, तलाई ४ वर्ष सडाइदिन्छु, तलाई सकाइदिन्छु भन्ने जस्ता धम्की मलाई दिइयो । १० दिनमै मेरो अनुसन्धान सकिएको थियो, तर २५ दिन भन्दा बढी झुटो विषय उठाएर मलाई फसाइयो । कपोल्कपित, झुटो मुद्दा लगाएर, झुटो बयान दिएर मेरो चरित्र हत्या गरियो । अझैपनि म फ्रेस हुन सकेको छैन् ।’ उनले प्रहरीले बयान परिवर्तन गर्न आग्रह गरेपनि आफू नमानेको सुनाइन् ।

आफूले अहिलेसम्म अर्ध न्याय पाएको भन्दै पूर्ण न्याय पाउने आशामा आफू रहेको विश्वास व्यक्त गरिन् । अझैपनि असुरक्षित छु भन्दै उनले सके पचाउने नसके ज्यानको बाजी राख्न शर्मा दाजुभाईले धम्की दिएको सुनाइन् । आनो पाकिर्ङ गरिराखेको गाडीबाट नागरिकता हराएकोले अझै आफू सशंकित भएको पनि उनको भनाई थियो । केदारनाथ र ज्ञानेन्द्र शर्माको अझैपनि पेशा यही हो भन्ने थाहा नभएको भन्दै उनले उनीहरुको कारोबार के हो त्यसबारेमा खोजीनीति गर्न पर्नेमा जोड दिइन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro