एकैदिन भेटिए ३ हजारभन्दा बढी काेराेना संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर ३ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार सो अवधिमा देशभर ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सो अवधिमा १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।

सो अवधिमा २७८ जना संक्रमणमुक्त भएका छन् । यस्तै यो अवधिमा २ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लामा मात्रै एक हजार एक सय २८ संक्रमित थपिएका भेटिएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro