टाइगर कपमा डायमण्डसँग एपीएफको संघर्षपूर्ण जीत

पोखरा। पोखरामा जारी टाइगर कप भलिबलमा सशस्त्र प्रहरी बलको महिला टिमले संघर्षपूर्ण जित निकालेको छ।

बुधबार भएको खेलमा सशस्त्रले न्यु डायण्ड स्पोर्टस् क्लबलाई पाँचै सेटमा जितेको हो। पहिलो र तेस्रो सेट गुमाएको एपीएफले अन्तिम सेटमा १५–८ स्कोरमा जीत निकालेको हो।

पहिलो सेट २१–२५ मा गुमायो भने दोस्रो सेटमा कम ब्याक गर्दै २५–२१ को स्कोर निकाल्यो। तेस्रो सेट न्यु डायमण्डले २५–१० को फराकिलो अन्तमा जित्यो। त्यसपछि लगातार दुई सेट एपीएफले जितेको हो।

एपीएफ यसअघि अर्को विभागीय टिम नेपाल आर्मीसँग पराजित भएको थियो। एपीएफले दोस्रो खेलमा जित निकाल्दै उपाधि यात्रालाई मजबुत बनाएको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro