कांग्रेसले नै राजसंस्थाको स्थापना गर्ने ?

Ghorahi cement

नवधारसले भरिपूर्ण मानिएको भागवतको छैठौं स्कन्धमा राज्य प्रणालीमा देखिएको व्यथितिकाे कारण आफ्नो जिम्मेवारी त्याग गरि उदासीन बनेका पात्र वृहस्पतीको ठाउँमा विश्वरूप नाम गरेको पात्रलाई पदपुर्ति गरेको देखाइएको छ । तर अयोग्य पात्र विश्व रूपलाई वृहस्पतीको जिम्मेवारी दिइएकाले गम्भीर राजनीतिक विचलन भएको घटनाको दृष्टान्त प्रशंगअनुसार देखाइएको छ ।

नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहको ३०० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यहिँ पौष सताइस गते नेपाली जनताहरुको स्वफुर्त आवाजले नेपाली राजनीतिमा एक किसिमको तरंग नै ल्याइ दिएको छ । नेपाली राजनीतिमा भएका प्रयोग चाहे २००७ देखि २०१७ को होस् चाहे २०१७ देखी २०४६ को होस् चाहे २०४६ देखि २०६३ कै किन् नहोस तर २०६३ देखि प्रयोगमा ल्याइएको संघीयता प्रणालीबाट जनताहरूमा भने सर्वाधिक निराशा छाएको घटनाक्रमले नै देखाउँछ ।

निरन्तर देखि दिइरहेको वैदेशिक सहयोगमा गम्भीर प्रकृतीको शर्तहरू राखिनु शान्ती सुरक्षाको अवस्था दयनीय बन्दै जानु बहुसंख्यक नेपालीहरूको आस्थाको प्रतीक हिन्दु धर्म प्रती विभिन्न किसिमका प्रहार हुनु राज्य एकीकरण गरेको संस्थाको प्रतिनिधि राजकिय भुमिकामा नहुनु अर्थात राजसंस्थाको भुमिका नहुनु वैदेशिक हस्तक्षेप अत्याधिक बढनु राजनीतिक पहुँचका आधारमा स्वार्थ समुह अर्थात माथि उल्लेखित विश्वरूप प्रवृत्तिको अयोग्य पात्र बोलवाला भएको कारण नै यहिँ पौष २७ गते को स्व फुर्त जनआवाज थियो ।

यतीवेला नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपाली साहित्यमा नयाँ आयाम ल्याउने विपी कोइरालाको सिद्वान्त संवैधानिक राजसंस्था बहुदलीय प्रजातन्त्र हिन्दु अधिराज्यको धारणालाई हाल कांग्रेस नेतृत्वको पोस्टपन्ड गरेको कारण नै पोष २७ को जनआवाज थियो ।

कुनै वेला कांग्रेस प्रतिवन्धित अवस्थामा हुँदा कांग्रेसकै योजना संवैधानिक राजसंस्थाको स्थापना प्रजातान्त्रिक परिपाटी थालनी सबै जनतालाई गास वास कपासको ग्यारेन्टीलाई सफल बनाउन मेरो घरमा कांग्रेसी कार्यकर्तालाई भात खुवाउने सेल्टर दिने कामहरु भए जसको परिणाम स्वरूप २०४६ को आन्दोलन सफल पनि भयो । तर २०४६ पछि कांग्रेसमा विश्वरूप प्रकृतिको स्वार्थी समुहको बोलवाला भएको कारण पार्टीमा योगदान गरेका व्यक्तित्वहरुमा नैराश्यता छाएको छ ।

तर हालै सम्पन्न १४ औँ महाधिवेशन पालीका स्तरमा कुनै वेला मेरो घरमा भात खाएको २ सापटी लिएको विर्सने विश्वरूप प्रकृतीको अयोग्य पात्रलाई पराजित गरेकोमा कार्यकर्ताहरु धन्यवादका पात्र बनेका छन् । विगतमा विपी कोइरलाले अंगीकार गर्नुभएको मेलमिलापको नीतिलाई नै कांग्रेसले आजको परिवेशमा पनि आधार स्तम्भ बनाउनु पर्ने नै देखीन्छ ।

जनता नै सर्वोपरी ठान्ने कांग्रेसले यदि जनताले चाहान्छन भने विश्वरूप प्रवृत्तिकाे अन्त्य गरी संवैधानिक राजसंस्थाको पुर्नविचार किन नगर्ने ? भनि पुरानो २ भरपर्दो प्रजातान्त्रिक पार्टी कांग्रेसलाई जनताले प्रश्न गरेका छन ।

राजनीतिक विश्लेषक आचार्य ‘सन्देश संग्रहको सन्देश’ नामक पुस्तकका लेखक हुनुहुन्छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro