खोप लगाउनेको भीड ह्वात्तै बढ्यो

Ghorahi cement

काठमाडौं । सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ ।

सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाइयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने व्यवस्था गरेपछि खोप लगाउनेको भीड बढेको हो ।

कोभिड संक्रमण तीव्र विस्तार हुनु पनि खोप केन्द्रमा सर्वसाधारणको चाप बढ्नुको अर्को कारण हो । उपत्यकाका अधिकांश खोप केन्द्रमा खोप लगाउनेको भीड निकै बढेको छ  ।

टेकु अस्पताल, बानेश्वरको सिभिल अस्पताललगायत खोप केन्द्रमा खोप लगाउने मानिसको पछिल्लो केही दिनयता भीड बढेको छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भने पनि खोप केन्द्रहरुमा सयौँको संख्यामा मानिसहरु लाइनमा बस्दा त्यहीँबाटै संक्रमण फैलिने जोखिम बढेको छ ।

सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य भनेर बाध्यात्मक बनाइदिँदा धेरैजना खोपको दायरामा आउने सरकारले लक्ष्य लिएको छ  । सरकारी अस्पतालमा खोप लगाउनेको भीड बढेपछि निजी अस्पतालमा समेत खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro