एकैदिन भेटिए ५०८७ काेराेना संक्रमित , ३ काे मृत्यु

Ghorahi cement

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ५६० वटा नमुना परीक्षण गर्दा पाँच हजार ८७ जनामा कोरोना पोजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ४७४ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार २०४ जनामा र सात हजार ८६ जनामा एन्टिजेन परीक्षण गर्दा ८८३ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । पछिल्लो २४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने तीनजनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro