फागुन १ गतेबाट विद्यालय खुला
वि.सं.२०७८ माघ २१ शुक्रवार
shares
काठमाडौं। कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट पुनः सञ्चालन गर्न सरकारलाई सुझाव दिइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवालबीच भएको छलफलमा उक्त सुझाव दिइएको हो।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले माघ १२ गते शिक्षामन्त्री पौडेललाई भेटेर माघ २३ पछि विद्यालय खोल्न दिनुपर्ने माग गरेको थियो।
शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि यसअघि नै लामो समयसम्म विद्यालय बन्द गर्न नहुने बताएका थिए। उनले अवस्था हेरेर विद्यालय खुलाउने प्रक्रियामा जान भनेकाले मन्त्रालयले पनि विद्यालय लामो समय बन्द गर्नु नहुने धारणा राखेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।
छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ, अभिभावक महासंघ, प्याब्सन, एनप्याब्सनका प्रतिनिधी सहभागी थिए।




























