१२ वर्षे मकर मेलाकाे आज अन्तिम दिन यस्तो देखियो (तस्बिरहरू)
वि.सं.२०७८ माघ २९ शनिवार
3K
shares
shares
काठमाडौं । काभ्रेको ऐतिहासिक सहर पनौतीमा प्रत्येक १२ वर्षमा लाग्ने मकर मेला आज समापन भएकाे छ ।
पनौतीको त्रिवेणीघाटामा हरेक १२ वर्षमा मकर स्नान मेला लाग्ने गर्छ । माघ महिनाभर चल्ने मकर स्नानका लागि लाखौँ तीर्थयात्री पनौती पुगेका थिए ।
पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले भने “भौतिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै मकर मेला भव्यताका साथ सम्पन्न भएकाे छ ।”
लिच्छवि कालीन राजा मानदेवको पालादेखि नै सुरु भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट रहँदै आएको ऐतिहासिक प्रमाण समेत रहेकाे छ।
हेर्नुहोस् तस्बिरहरू :-
वि.सं.२०७८ माघ २९ शनिवार १७:५९