चीन र भारत मार्फत नै एमसीसी फिर्ता हुने
वि.सं.२०७८ फागुन १ आइतवार
shares
सम्पूर्ण निति नियमहरूको आधार स्तम्भ मानिएको आदी ग्रन्थ मनुस्मृतीको अधिकांश बुदाँहरु आज पनि उत्तिकै महत्व राखेको देखिन्छ ।
आधुनिक राज्य सञ्चालन डिप्लोम्याटिक प्रोसेस ‘ सन्धि र विग्रहको उचित प्रयोग तथा दण्ड र पुरस्कार आदिको प्रसंगनुसार मनुस्मृतीमा देख्न पाइन्छ । त्यसै गरी महाभारतको उद्योग पर्वको एक प्रसंगमा मानविय क्षती हुनबाट जोगाउन संभावित युद्धलाई रोक्ने उद्देश्यले सहजकर्ताको रूपमा परशुराम र दार्शनिक व्यक्तित्व तथा तत्कालिन समयका राजनीतिक विश्लेषक कण्व नाम गरेका पात्रले दुर्योधन समक्ष पाण्डव पक्षसँग ट्रीटली गर्नु नै एक मात्र विकल्प औल्याएका थिए ।
तर राज्य शक्तिको चरम दुरुपयोगको कारण दुर्योधनले उक्त प्रस्ताव स्वीकार गरेनन् फलस्वरूप युद्धमा ठुलो मानविय क्षती हुनगई दुर्योधनको समेत पतन हुन् पुगि नयाँ राजनीतिक कोर्ष करेक्शन हुन गएको घटनाको दृष्टान्त देखाइएको छ ।
वि:स २०१३ सालमा राजा महेन्द्रले नेपाल लाई संयुक्त राष्ट्र संघको सदस्य बनाए पश्चात असंलग्न परराष्ट्र नीती अवलम्बन गरि देश सुहाउँदो मनुस्मृतीका भावहरु झल्किने डिप्लोम्याटिक प्रक्रिया समेत भएका थिए, भने हिमवद खण्डको पहिचान समेत झल्किने विश्वको एक मात्र हिन्दु राष्ट्र नेपाल लाई २०१९ सालको संविधानको प्रस्तावनामै राख्नु तत्कालिन समयको उपलब्धि नै मानिन्छ ।
यसै संविधान मार्फत राजा विरेन्द्रले विश्वका ११६ राष्ट्रहरुको समर्थनमा नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्ताव अर्को राजनीतिक उपलब्धि मान्नुपर्ने नै हुन्छ । राजा महेन्द्रले तत्कालिन समयमा शक्ती राष्ट्रहरु अमेरिका तथा रुपबाट कुटनीतिक माध्यमबाटै विना शर्त वैदेशिक सहयोगमा पुर्वाधार विकास गरे कै थिए नेपाललाई संयुक्त राष्ट संघको सदस्य राष्ट्र बनाउन होस् वा राजा विरेद्रको शान्ति क्षेत्र प्रस्तावमा ऐक्यवद्धता जनाउने अमेरिका नै थियो, तत्कालिन समयमा नेपालको पुर्वाधार विकासमा विना शर्त सहयोग गर्ने राष्ट्र पनि अमेरिका नै थियो ।
तर हालका दिनहरूमा अमेरिकी सहयोगमा सर्तहरु देखा पर्न थालेको अवस्था छ । एमसीसी प्रोजेक्ट मा गम्भीर किसिमका सर्तहरु किन समावेश भए ? एमसीसी अमेरिकी लगानी हो की सहयोग ? एमसीसीमा सैन्य रणनीतीको अवधारणा छ की छैन ? नेपाली पक्षबाट किन र कसरी यस्तो सम्झौतामा हस्ताक्षर भयो ? यी र यस्तै अनुतरित सवालमा नेपाली समाज आज ध्रुवीकरण भएको अवस्था छ ।
यस्तो विषम परिस्थीतिमा यदि एमसीसी संसदबाट पास भएमा र राष्ट्रिय एकतामा नकारात्मक प्रभाव पर्न गई दुर्योधन शैलीका कारण गृहयुद्ध मात्र होइन् सदियौ देखि मित्रवत व्यवहार गर्दै आएको चीन मात्र होइन् भारतीय सहयोग समेत रोकिने प्रवल सम्भावना छ, किनकी नेपालमा हजारौ माइल टाढाको अमेरिकी गतिविधी यिनीहरु लाई ( चीन र भारत ) मन परेको छैन्, जसको ज्वलन्त उदाहरण नेपालबाट विगतमा अनमिनको वहिर्गमन चीन र भारतको उल्लेख्य सहयोग थियो । यदि एमसीसी संसदबाट पास हुन नसकेमा नेपालमा अमेरिकी लगाएत युरोपेली सहयोग बन्द हुने लक्षण देखिन्छ।
यस्तो परिस्थितिमा एमसीसी आज झन क्रोनिक बन्दै गइरहेको छ । नेपालको भु- राजनीतिक परिवेशले गर्दा चीन र भारतलाई प्रतिकुल हुने तथा सार्वभौम राष्ट्र नेपाल लाई आँच आउने गम्भिर किसिमका सर्तका कारण एमसीसी फिर्ता गर्नु पर्ने नै आम जनमानसको घारण रहेको छ ।
तर नेपालको लागि चीन र भारत मात्रै होइन् अमेरिका पनि दौत्य सम्बन्ध भएको मित्र राष्ट्र भएकाले एमसीसी लाई सेफ ल्याण्डिङ मार्फत वहिर्गमन गराउन पुनः चीन र भारतले नै भुमिका निर्वाह गर्नु पर्ने नै देखिन्छ जसरी चीन र भारतको भुमिकाको कारण नेपालबाट अनमिन वहिर्गमन भएको थियो ।
राजनीतिक विश्लेषक आचार्य “सन्देश संग्रहको सन्देश” नामक पुस्तकका लेखक हुनुहुन्छ ।





























