त्रिविद्धारा एकैपटक परीक्षाफल, मौका परीक्षा फारम भर्ने सूचना र परीक्षा तालिका प्रकाशित

2.7K
shares

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले एकैपटक परीक्षाफल, मौका परीक्षा फारम भर्ने सूचना र परीक्षा तालिका प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय कानून संकायले परीक्षाफल, व्यवस्थापन संकायले मौका परीक्षा फारम भर्ने सूचना र परीक्षा तालिका प्रकाशित गरेको हो ।

त्रि.वि. कानून संकाय, परीक्षा संचालक समितिको मिति २०७८ साल फल्गुन ०६ गते बसेको बैठकको निर्णयानुसार विद्यावारीधी तह प्रथम सेमेस्टर अन्त्य परीक्षा २०७८ को परीक्षाफल प्रकाशन गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ, सूचनामा भनिएको छ ।

विस्तृत जानकारीको लागि त्रि.वि. कानून संकायको कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ ।

परीक्षाफलको ग्रेड सीट कानून संकाय डीनको कार्यालयबाट मिति २०७८ साल फल्गुन ०८ गतेदेखि उपलब्ध गराईने सूचनामा उल्लेख छ । थप जानकारी सूचनाबाट लिनुहोला ।

यसैगरी त्रिभुवन विश्वविद्यालय व्यवस्थान संकाय परीक्षा नियन्त्रण महाशाखाले बी.बी.ए. तथा वी. आई. एम् कार्यक्रममा सन् २०१५ र सन् २०१६ भर्ना समूहमा भर्ना भएका परीक्षार्थीहरुले मात्र दोश्रो, चौथो, छैटौँ तथा आठौ सत्रको पुनः (मेक–अप) परीक्षा २०७८ चैत्र महिनाको पहिलो सातादेखि सञ्चालन हुने भएकाले उक्त परीक्षामा सम्मिलित हुन चाहने परीक्षार्थीहरुले परीक्षा फारम भरी सम्बन्धित क्याम्पस कलेजमा मिति २०७८ / ११ / २३ भित्र र सम्बन्धि क्याम्पस / कलेजले सो परीक्षा फारम मिति २०७८ / ११ / २५ भित्र यस परीक्षा नियन्त्रण महाशाखामा उपलब्ध गराउन सूचनामा भनिएको छ । थप जानकारी सूचनाबाट लिनुहोला ।

यसैगरी त्रिभुवन विश्वविद्यालय व्यवस्थान संकाय परीक्षा नियन्त्रण महाशाखाले एम.बी.ए.–एफ तेरुो सत्रको नियमीत परीक्षा कार्यक्रम २०२२ को परीक्षा तालिका प्रकाशित गरेको छ । परीक्षा तालिका तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

civil hospital
Hams Hospitals