एमसीसीको विपक्षमा एमाले अध्यक्ष ओली
वि.सं.२०७८ फागुन १० मंगलवार
shares
आदी गुरु शंकराचार्यद्वारा रचना गरिएको प्रामाणिक पुस्तक “विवेक चुडामणि” को एक प्रशंग स्वचिन्न मुढो महाराज विभव : अर्थात देश जनता तथा समाजका नेत्रृत्वदायी महापुरुष व्यक्तित्व कहि मुढ कहि विद्धान कहि राजा महाराजको शैली कहि सम्मानित कहि अपमानित भएता पनि अन्ततः कहिल्यै पनि नैतिक रुपमा स्खलित हुन नहुने राष्ट्रियता प्रति कुनै किसिमको सौदावाजी गर्न नहुने देश र जनता प्रति मानविय तथा राष्ट्रिय भावना नै मुखरित हुनुपर्ने देखाइएको छ ।
वेदान्ती शब्दमा अहम व्रम्हस्मी तत्वमसि जस्ता महावाक्यहरुको विशेषता भएको यस पुस्तकले साधारण अर्थमा भने सबै प्रति समानताको दृष्टिकोण नै उद्घोष गरेको छ । तर नेपालको राजनीतिक कालखण्डमा चाहे सुगौली सन्धि होस् २००७ सालको परिवर्तनको संघारमा भएको दिल्ली सम्झौतामा नेपाली पक्षबाट विवेक चुडामणिमा उल्लेख भए अनुसारको मर्मलाई अंगीकार गरेको देखिदैन् ।
सुगौली सन्धि दिल्ली सम्झौता तथा महाकाली सन्धिमा भएका असमान धाराहरुको कारण नेपाल आज पनि आक्रान्त बनि रहेको परिप्रेक्षमा सर्वाधिक विवादित विषयवस्तु बनेको अमेरिकी वैदेशिक सहयोग एमसीसी प्रोजेक्टलाई कांग्रेस नेत्रृत्वको सरकारले संसदमा टेवुलेशन गरे पश्चात मुलुक आज मर्माहत बनेको अवस्था छ ।
लिच्छवीकाल देखि नै सहयोगी देशको रूपमा रहेको चीन लाई समेत असहज हुने यस किसिमको गतिविधि हुनुमा आफैमा दुर्भाग्यपूर्ण भएको छ । असंलग्न परराष्ट्र नीति कै धज्जी उडाउने किसिमले टेवुलेशन भएको एससीसी प्रोजेक्टलाई निस्तेज पार्न प्रचण्ड र माधव नेपाल भने असमर्थ देखिन्छन् ।
नाकावन्दीको सवालमा तथा चुच्चे नक्सा प्रकरणमा आँखामा आँखा जुधाएर राष्ट्रियताको सवालमा अन्य नेता भन्दा एक कदम अगाडि उभिएका एमाले अध्यक्ष केपी शर्मा ओली आगामी दिनमा संसदमा टेवुलेशन भएको एमसीसी प्रकरणमा अन्य दलहरुलाई समेत विश्वासमा लिइ एमसीसी प्रोजेक्टको विपक्षमा मतदान गरि सिंगो देशको नेत्रृत्वदायी भुमिका निर्वाह गरी देशलाई नयाँ मार्गबाट अगाडि बढाउनु हुनेछ भन्ने जनताले अपेक्षा गरेका छन ।
राजनीतीक विश्लेषक नारायण आचार्य बहुचर्चित उपन्यास ” अवको गन्तव्य ” का लेखक हुनुहुन्छ ।




























