द प्रोडक्सन नेपालको ‘शक्तिशाली शिव ताण्डव’ नेपाली संस्करणमा

37.1K
shares
Nabil bank

काठमाडौं– द प्रोडक्सन नेपालले ‘शिव ताण्डव’ नेपाली संस्करण बोलको धार्मिक गीत (भजन) सार्वजनिक गरेका छ । महाशिवरात्रि नजिकैदै गर्दा महाशिवरात्रिलाई लक्षित गरी “शिव ताण्डव’ धार्मिक गीत सार्वजनिक गरीएको छ I

महाशिवरात्रिलाई धार्मिक पर्वका रूपमा लिइन्छ, हरेक वर्ष नेपालभर हर्षोल्लासका साथ महाशिवरात्रि मनाइन्छ। ‘शिवको महान रात‘ हो महाशिवरात्रि, महाशिवरात्रिको अवसरमा हामीमा भएको नकारात्मक कुरालाई हटाई सकारात्मक कुराको प्रत्याभूति होस् सन्देश सहित धार्मिक गीत (भजन) शिव ताण्डव सार्वजनिक भएको छ I

जसमा स्वर र कम्पोज शशिविक्रम थापाको रहेको छ I शिवको भूमिका बेन बस्नेत ले गरेका छन ,मिक्सिङ कृष्ण पुन र विजय बुढामगर को रहेको छ I स्टुडियो संगीत बैंक रहेको छ I ग्राफिक सपोर्ट किशन तामाङको रहेको छ I ‘शक्तिशाली शिव ताण्डव’ बम भोलेमा हिन्दू परम्पराको मन्त्रलाई पनि गीतमा प्रयोग गरिएको छ।

संस्कृति मन्त्रलाई समावेश गरि बम भोले शिव ताण्डव गीत तयार पारिएको छ। शिव ताण्डव गीतको परिकल्पना पुष्कर नन्दन अधिकारी,दिदप्य रिमाल,रुपक पौडयाल को रहेको छ I उर्जावान युबा समूहद प्रोडक्सन नेपालले बम भोलेमा एक पृथक प्रस्तुति सहित हामीमा भएको नकारात्मक कुरालाई हटाई सकारात्मक कुराको प्रत्याभूति होस् सन्देश रहेको छ I शिव ताण्डवमा जेबी विष्ट र सिद्धार्थ रिमाल साथमा (एभरेष्ट एड & ईभेन्ट म्यानेजमेन्ट)तयार पारिएको छ I

भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x