अवकाशको १० महिनापछि विवादास्पद डिआइजीको अदालतमा चलखेल

Ghorahi cement

काठमाडौँ l व्यक्तिगत स्वार्थका लागि गोप्य रुपमा भारतीय दूतावास छिरेको आरोपमा कारबाहीमा परेका सशस्त्र प्रहरीका विवादास्पद डिआइजी प्रवीण श्रेष्ठले अवकाश पाएको नौ महिनापछि पनि चलखेल जारी राखेका छन् । उनले अदालतमा सेटिङ मिलाएर जागिरमा फेरि पुर्नबहाली हुने प्रयास गरेका छन् ।

गत ९ असारमा उनले अवकाश पाएका थिए । आफ्नो अवकाशविरुद्ध उनी सर्वाेच्च अदालत गएकोमा अदालतले अन्तरिम आदेश दिएन । तर, अहिले सो मुद्दाको आफ्नो पक्षमा फैसला गराउन उनी शक्तिकेन्द्रहरु धाइरहेको स्रोत बताउँछ । जसकारण महत्वपूर्ण मुद्दाहरु रोकिएको सर्वाेच्चमा उनको मुद्दाको पेशी पटक पटक राखिएको छ ।

उनले आफुलाई जिताइदिन भन्दै मुख्य रजिष्ट्रार लालबहादुर कुँवरदेखि महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई भेटेको स्रोत बताउँछ । आफु खर्च गर्न तयार रहेको तर मुद्दा जित्नुपर्ने भन्दै केही बिचौलियाहरु समेत भेटेको चर्चा अदालतमा छ ।

व्यक्तिगत स्वार्थका लागि भारतीय दूतावास छिरेको घटना देखाउँदै सरकारले गत असारमा उनको म्याद थप नगर्ने निर्णय गरेको थियो । जसअनुसार ९ असारमा अवकाश पाएका थिए । मन्त्रिपरिषद्को स्वविवेकी अधिकारविरुद्ध उनी सर्वाेच्च गएका हुन् । ‘मन्त्रिपरिषद्को त्यस्तो अधिकार नै अदालतबाट कटौती होला जस्तो लाग्दैन,’ महान्यायाधिवक्ता कार्यालयका एक अधिकारी भन्छन्,‘अर्काेतर्फ सुरक्षा निकाय जस्तो संगठनमा अवकाशको महिनौंपछि फेरि पुर्नवहाली भयो भने संगठनमा के अवस्था होला ?’

व्यक्तिगत स्वार्थका लागि पटक पटक भारतीय दूतावास छिरेको र संवेदनशील सूचना समेत दिएको आशंकापछि सरकारले उनको म्याद थप नगर्ने निर्णय गरेको थियो । दृष्टि न्यूजबाट

Nepali patro