अमृत महोत्सवको अवसरमा नेपाल–भारत सीमानाका व्यापारिक समस्याका बारेमा छलफल

मुक्तिको अमृत महोत्सवको अवसरमा बीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा होटल भिसुवामा नेपाल–भारत सीमानाका व्यापारिक समस्याका बारेमा छलफल आयोजना गरियो । कार्यक्रममा बीरगन्ज उद्योग वाणिज्य संघ, जितपुर–सिमरा उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । छलफलमा वीरगन्ज, हेटौंडा र जनकपुरका केही व्यापारी तथा भारत र नेपाल दुवैतर्फका भन्सार अधिकारी, भारतीय वाणिज्य दूतावास र भारतीय भूमि पतन प्राधिकरणका अधिकारीको पनि सहभागिता रहेको थियो ।

2. सीमापार पूर्वाधारको विकास, रक्सौलमा परीक्षण प्रयोगशाला स्थापना, नेपालबाट निकासीका लागि मूल्य अभिवृद्धिको आवश्यकता, आईसीपी मार्फत सवारी साधनको सहजीकरण, मोटर सवारी अनुमतिपत्रमा सहजता, रक्सौल विमानस्थलको स्तरोन्नति, मुद्रा आदानप्रदानमा सहजता लगायतका मैत्री पुलको जीर्णोद्धार, भारततर्फको सडक र रेलवे साइडिङको स्तरोन्नति, व्यवसायका लागि हेल्प डेस्क स्थापना गरिएको थियो भने अन्य पुराना समस्याहरूको शीघ्र समाधानका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण भएको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro