Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

काँग्रेसको बोलीप्रति प्रचण्ड रुष्ट

3K
shares

आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनुभएको छ । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उहाँले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको हो ।

एमसीसी सम्झौता संसदबाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा. मीलेन्द्र रिजालले माओवादीलाई नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिनुभएको थियो । रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै आएका छन् ।

अन्तिम अवस्थामा माओवादीले एमसीसी पारित गर्ने निर्णय गरेको भन्दै रिजालले संसदमा माओवादीको धज्जी उडाउने गरी अभिव्यक्ति दिनुभएको थियो । यो समाचार नेपालसमाचारपत्र दैनिकमा छ ।

civil hospital
Hams Hospitals