बेलायतको University of Sunderland का शैक्षिक कार्यक्रमहरू ISMT College Chitwan मा सञ्चालनमा

26.1K
shares
Nabil bank

विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको ISMT College ले बेलायतको University of Sunderland का शैक्षिक कार्यक्रमहरू ISMT College Chitwan मा पनि सञ्चालन गरिएको छ । 

शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पुरा भइसकेको ISMT College Chitwan ले जनाएको छ ।

बेलायतका प्रमुख शहरहरूलगायत हङकङमा समेत University of Sunderland को आफ्नै कलेज रहेका छन् । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ। सन् २००१ मा बेलायतको पत्रिका द गार्डियनका अनुसार Sunderland University बेलायतको नयाँ University मध्ये पहिलो नम्बरमा पर्न सफल भएको जनाएको थियो ।

सन् २००५ मा टाइम्स हाइअर एजुकेसनको बेस्ट स्टुडेन्टस एक्सपेरियन्समा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै यूरोपियन टिचिङ र्यांकिङमा २०१औं स्थानमा पर्न सफल भएको थियो । सोही University को शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै अझै भन्नु पर्दा स्थानिय शहर Chitwan मा नै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने ISMT College Chitwan ले जनाएको छ ।

ISMT Group of Colleges University of Sunderland बाट संबन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्था समेत हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x