वैदेशिक शिक्षाको लागि सहज यात्रा

Ghorahi cement

काठमाडौं।सर्च एजुकेशन नेपालले विधार्थीहरुको लागि नेपालमा पहिलोपटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ । यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विधुतिय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।

यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा कभबचअजभमगअबतष्यल।अयm मार्फत उपलब्ध हुनेछ। यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययानका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउनेछ । यस एपको प्रयोगले बिधार्थी हरुलाई निम्न फाइदा हुने विश्वास सर्च एजुकेशन नेपालले लिएको छ ।

● कोर्सहरू खोज ः विभिन्न कलेज र युनिभर्सिटिहरुमा आफ्नो मनपर्ने कोर्सहरू खोज्न एवं सर्टलिस्ट गर्न सकिनेछ।

● कोर्सहरू तुलनाः सर्टलिस्ट गरिएका कोर्सहरू मध्ये विधार्थीले आफ्नो आवश्यकता, ज्ञान, र सीपअनुसार तुलना गरी छनौट गर्न सकिने छ ।

● कोर्सहरूको लागि आवेदन ः कोर्सबारे निर्णय गरेपछि, यस पोर्टल मार्फत आफुलाई मनपर्ने कलेज र युनिभर्सिटिहरुमा अनलाइन मार्फत आवेदन गर्न सकिनेछ र आफ्नो आवेदनको स्थितिबारे ट्रयाक समेत गर्न सकिने छ ।

● विशेषज्ञ काउन्सलर द्धारा सहायता प्राप्त गर्न सकिने ः आफ्नो आवेदन, चयन, यात्रा, र थप सम्बन्धमा हाम्रा विशेषज्ञ सल्लाहकारहरूबाट सल्लाह पनि प्राप्त गर्न सकिनुको साथै सम्पुर्ण जानकारीहरु एसएमएस, इमेल र एपबाट तुरुन्त प्राप्त गर्न सकिने छ । साथै कलेज युनिर्भसिटीहरूमा सम्पुर्ण प्रक्रिया पुरा गरि सके पछि इााभच ीभततभ पठाए पश्चात विद्यार्थीले उक्त इााभच भिततभच स्वीकार गने र अन्य प्रकृयाहरु सु्रु गर्न सकिने छ ।

 

उपरोक्त शैक्षिक सेवाहरुका अतिरिक्त आवास, भिसा, यात्रा नियमहरू, र बीमा आदि बारे आबश्यक पर्ने कुराहरुबारे सहज रुपमा थप जानकारी प्राप्त गर्न सकिने छ ।

 

यस किसिमको सेवाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज हुनुका साथै कलेजहरू र विश्वविद्यालयहरूसँग लागत, पाठ्यक्रम, र छात्रवृत्ति सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिने छ ।

सर्च एजुकेशन सन् २०१५ मा सिड्नी अस्ट्रेलियामा स्थापना भएको अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता संस्था हो । यस संस्थाले भारत, नेपाल र चिलीमा पनि आफनो कार्यालयहरू विस्तार गरेको छ । हामी विश्वभरका विद्यार्थीहरूलाई विश्व–स्तरीय शिक्षा र उच्च–गुणस्तरका सुविधाहरूमा पहुँच प्रदान गरेर उनीहरूलाई सशक्त बनाउन प्रयासरत छौँ । नेपालमा, सर्च एजुकेशनको हाल काठमाडौं, दाङ र महेन्द्रनगरमा कार्यालयहरू रहेका छन्। भने आगामी दिन हरुमा काठमाडौं उपत्यका भित्र, बाहिर विभिन्न स्थानमा शाखा विस्तारको प्रक्रियामा रहेका छौ । हामीले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत, आयरल्याण्ड र न्युजिल्यान्ड जस्ता देशहरूमा पढ्ने सपना पूरा गर्न सक्रिय रूपमा मद्दत गर्दै आएका छौ ं।

Shangri-la Development Bank Ltd.
Nepali patro