राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा हुने सुचना जारी
वि.सं.२०७८ चैत ४ शुक्रवार
shares
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा हुने मिति तोकेको छ । कक्षा १२ को परीक्षा आगामी जेठको दोस्रो सातादेखि सञ्चालन गरिने भएको छ ।
आगामी जेठ १८ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डले जानकारी दिएको छ । स्रोतका अनुसार आज (शुक्रबार) बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्ने छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।
कोभिड–१९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । यस वर्ष पनि बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ ।
परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षाकेन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ ।





























