एल क्लासिको भिडन्तमा बार्सिलोना विजयी
वि.सं.२०७८ चैत ७ सोमवार
12.8K
shares
shares
आइतबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोना विजयी भएकाे छ । बार्सिलोनाले एस्टाडियो सान्टियागो बर्नाबेउमा ला लिगामा शीर्ष स्थानको रियल म्याड्रिडलाई ४–० ले हराएको हाे ।
बार्साका लागि पहिलो हाफमा पियरे-इमरिक औबामेयाङ र रोनाल्ड अराउजोले एक–एक गोल गरे त्यसपछि द्राेर्साे हाफमा फेरि फेरान टोरेस र औबामेयाङले गाेल गर्दै बार्सिलोनालाई जित दिलाए ।
जितपछि पनि बार्सिलोनाले यस वर्षको ला लिगा उपाधि जित्ने सम्भावना छैन । यस जितपछि पनि रियल म्याड्रिडभन्दा १२ अंकको अन्तर छ । रियल भने अंक तालिकामा शीर्ष स्थानमा यथावत नै छ ।

Subscribe
0 Comments
Oldest
































