त्रिविद्धारा नतिजा प्रकाशित
वि.सं.२०७८ चैत १० बिहीवार
shares
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाफल प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, व्यावस्थापन संकायले स्नातक तह Bachelor of Public Administration(BPA), Bachelor of Mountaineering Studies (BMS) र Bachelor of Business Administration finance (BBA-F) कार्यक्रमको परीक्षाफल प्रकाशन गरेको हो ।
संकायले २०७८ साल आश्विन महिनामा संचालन भएको परीक्षाको परीक्षाफल समितिको निर्णय अनुसार प्रकाशन गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, व्यावस्थापन संकाय डीनको कार्यालय कीर्तिपुरले २०७८ आश्विन १५ देखि २०७८ आश्विन १९ गते सम्म उक्त परीक्षा सञ्चालन गरेको थियो।
प्रकाशित सूचना अनुसार व्यावस्थापन संकाय परीक्षा सञ्चालन समितिको निर्णयानुसार परीक्षाफल प्रकाशित गरिएको छ ।
उक्त परीक्षाको प्राप्ताङ्क चित्त नबुझेमा परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन भित्र पुर्नयोगका लागि निवेदन दिनुपर्नेछ ।
परीक्षफल सकेसम्म त्रुटीरहित प्रकाशन भएको छ । छपाई वा अन्य कारणले कुनै गल्ती भएमा यस संकायको मुल अभिलेख अनुसार सच्याईने सूचनामा उल्लेख छ ।





























