राप्रपाको विधान गर्गसंहिता र कांग्रेसकाे मुल्याकंन

तत्कालिन समयमा दार्शनिक तथा प्रखर महर्षि गर्गाचार्य द्वारा लिखित “गर्गसंहिता” को विज्ञानखण्ड अर्न्तगत एक प्रसंगमा ‘कुर्वन्तो महंता मानम दया हिनेषु सर्वत‘ अर्थात नेपालीहरुको लागि मात्र होइन् । सारा विश्वका मानवलाई देश र जनता प्रति समर्पित हुन तथा सबै किसिमका व्यक्तिगत स्वार्थलाई परित्याग गरि मान अपमानको प्रवाह नगरी केवल देश तथा समाज प्रति निष्काम भावले भुमिका निर्वाह गर्नु पर्ने निर्देश गरेको छ।

आधुनिक नेपालको इतिहासमा निर्वाचनको माध्यमबाट नेपालीहरुको जीवन स्तरमा परिवर्तन हुने विकासले अग्रगामी छलाङ्ग मार्ने समय अनुसारको राजनीतिक व्यवस्थाको संस्थागत विकास हुने जस्ता वाक्यांश विभिन्न समयमा विशेष गरी चुनाव नजिकिएको समयमा सुनिदै आएका हुन् ।

प्रजातन्त्र पुनस्थापना पश्चात २०४८ सालको निर्वाचनको सन्दर्भमा तत्कालिन नेका महामन्त्री गिरीजा प्रसाद कोइरालाले एक चुनावी सभामा तिनवटा ‘म’ अर्थात माले मसाले मण्डले विकास विरोधी हुन प्रजातन्त्रको संस्थागत विकासको लागि कांग्रेसलाई नै मत दिनुपर्ने उर्दी जारी गरे तर उनको यो अभिव्यक्तिमा भने गर्गसंहितामा उल्लेखित मर्म समावेश थिएन् किनकि कांग्रेसलाई मत दिदा प्रजातन्त्र संस्थागत हुने अन्य पार्टीलाई मत दिदा प्रतिक्रियावादी हुने यो उनको हवल्दारी बुद्धिको उपज थियो ।

नेपालमा यतिखेर चुनावी सरगर्मी शुरु भएको छ, पटक पटक कांग्रेसलाई मत दिएका नेपाली जनताहरुले कांग्रेससँग आज राजाको पालामा स्थापित भृकुटी कागज कारखाना खोइ? सस्तो भाडामा सवार गर्न सकिने ट्रली बस खोइ ? जापानले दिएको साझा बस खोइ? भनी प्रश्न गरी रहेको अवस्था छ ।

यति मात्र होइन् २०६३ को परिवर्तन पछि नेकपा माओवादीलाई समेत विकासमा अग्रगामी छलाङग हुने अपेक्षा राखी नेपाली जनताहरुले पटक पटक माओवादी मत दिएका थिए । तर माओवादी पनि गर्गसंहितामा उल्लेखित मर्मलाई अवलम्बन गरेको देखिएको छैन् ।

त्यसैले त नेपाली जनताले आज विश्वमै पहिचान भएको हिन्दु अधिराज्य खोइ? निर्मला पन्तको हत्यारा खोइ? भनी प्रश्न गरिरहेको अवस्था छ । २०७४ को निर्वाचनबाट करिब दुई तिहाइ सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले पनि जन चाहाना भने पुर्ण रुपमा पुरा गर्न सकेनन् तर अन्य नेताको तुलनामा ठुला योजनाको अवधारणा ल्याउनु राष्ट्रियताको सवालमा नेपालको नयाँ नक्सा सार्वजनिक गर्नु फुच्चे देशको प्रधानमन्त्रीले भारतीय पक्षसँग आँखामा आँखा जुधाएर कुरा गर्नु तथा गायत्री मन्त्रको रहस्योद्घाटन गर्नुले नेपाली जनताहरूले अर्थपुर्ण रुपले हेरेकै छन् ।

पार्टीको विधानमै संवैधानीक राजसंस्था बहुदलीय प्रजातन्त्र तथा हिन्दु अधिराज्यको अवधारणा उल्लेख गरी जनताको घरदैलोमा निस्केको राप्रपाको आगामी निर्वाचन पश्चात उसको राप्रपा आकार भने पक्कै पनि ठुलो देखिने छ ।

विगतमा राजाको फोटो र गाइको पवित्रता मार्फत स्वार्थ सिद्ध गर्ने कमल थापा प्रवृत्तिबाट वाक्क भएका जनताहरु मार्फत राजेन्द्र लिङ्देन जस्तो देश प्रेमी इमान्दार नेतृत्व पाएकोमा आगामी निर्वाचनमा राप्रपा पुरस्कृत हुने नै छ, किनकी जन अपेक्षा गरिएका विषय वस्तुहरु राप्रपाले आफ्नो विधानमा समावेश गर्नुले जनताले स्वागत गरेकै देखिन्छ ।

गठबन्धन मार्फत भएपनि सरकारको नेतृत्व गरेको कांग्रेसले आगामी निर्वाचनमा योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने नै हुन्छ । तर हिजो पार्टीमा योगदान पुर्याएका कैंयौं व्यक्तिहरु आज पनि पार्टीको मुलधार बाहिर रहेको अवस्था छ । भने केहि छदमभेषी व्यक्तिगत स्वार्थकै लागी कांग्रेसको आड लिएको विगतका स्थानीय निर्वाचनमा समेत जनताद्वारा पटक पटक पराजित मात्रै होइन् ।

पार्टीको १४ औँ महाधिवेशनमा पालीका स्तरमा समेत अलाेकप्रिय धुर्त जो स्वार्थ सिद्धको लागि तत्कालिन समयमा आर्थिक रुपले सम्पन्न गुरुसँग दशैमा टीका लगाउन लीगलीगे दौड गरी लम्पसार पर्ने लकिरका फकीर छट्टु स्याल प्रवृत्ति एकातिर सलबलाई रहेको छ। भने अर्काे तिर माथि उल्लेखित गर्गसंहिताको मर्मलाई जीवन भर अंगीकार गर्ने व्यक्तिगत स्वार्थ होइन् ‌।

सामाजिक स्वार्थमा अग्रसर हुने गीताको मुलमर्म सर्व भुत हिते रत कै सिद्धान्तमा अडिग महान सादगी विदुरवादी स्थानीय स्तरमा सर्वमान्य व्यक्तित्व वासुदेव सापकोटा तथा प्रेम लाल सापकोटा तत्कालिन समयमा वरचुली प्राविको स्थापना झराही खोला सामुदायिक वन वरटाडी खानेपानी योजनाको संस्थापक मात्रै होइन् वहाँहरुको जीवनभरको योगदानलाई आगामी निर्वाचनमा कांग्रेसलाई कसरी मुल्यांकन गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

पुर्वीय चिन्तक तथा राजनीतिक विश्लेषक नारायण आचार्य बहुचर्चित उपन्यास ‘अबको गन्तव्य’ का लेखक हुनुहुन्छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro