लगातार घट्दै सुनकाे मूल्य, कत्तिमा हुँदैछ काराेबार?
वि.सं.२०७८ चैत १६ बुधवार
1.6K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य केहिदिन यता निरन्तर घटिरहेको छ । आज तोलामा सुनकाे मूल्यमा ४ सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ८ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिजो चाँदीको मूल्य प्रतितोला १३७० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३६० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


























