त्रिभुवन विश्वविद्यालयले एकै पटक दुई वटा नतिजा प्रकाशित(नतिजा हेर्ने तरिकासहित )
वि.सं.२०७८ चैत १६ बुधवार
shares
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले एकै पटक दुई वटा नतिजा प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले नतिजा प्रकाशन सम्बन्धि सूचना जारी गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७८ आश्विन १५ देखि मिति २०७८ आश्विन १९ गतेसम्म सञ्चालन भएको Bachelor of Travel and Tourism Management (BTTM कार्यक्रमको परीक्षाफल प्रकाशित भएको हो ।
कार्यक्रमको प्रथम सत्र नियमित परीक्षा २०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको सूचनामा उल्लखे छ ।
उत्तीर्ण परीक्षार्थीहरुका रोलनम्बरहरु निम्नानुसार रहेका छन् ।
यसैगरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले Bachelor of Business Administration in Finance (BBA-F) कार्यक्रमको २०७८ सालको माघ महिनामा प्रकाशित प्रथमसत्रको परीक्षाफलमा आफूलाई प्राप्त भएको प्राप्ताङ्कमा चित्त नबुझी पुनर्योग गर्नको लागि निवेदन दिने परीक्षार्थीको प्राप्ताङ्कको पुर्नयोग गर्दा निम्नानुसार भएको सूचित गरिएको छ ।
परीक्षा समितिको मिति २०७८ / १२ / १६ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको उल्लेख छ ।
नतिजा तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

































