जिम्बाब्वे ‘ए’ टिमले नेपालसँग टि ट्वान्टी तथा एकदिवसीय सिरिज खेल्ने

20.6K
shares
Nabil bank

नेपाली राष्ट्रिय क्रिकेट टिमले टेस्ट राष्ट्र जिम्बाब्वे ‘ए’ टिमसँग टि-ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) का अध्यक्ष चतुर बहादुर चन्दले सोमबार साे कुराकाे जानकारी दिएका हुन् ।

क्यानका अनुसार जिम्बाब्वे राष्ट्रिय क्रिकेटरहरु सम्मिलित टिम अप्रिल ३० तारिख देखि एक साता नेपालमा रहने तथा त्यस क्रममा दुई देशले तिन वटा टि-ट्वान्टी र तिनवटै एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्ने जानकारी दिइएको छ। अधिकारिक रुपमा सिरिजको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

त्यस्तै, उक्त सिरिज टि-ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नहुने भएपनि सिरिजले लिस्ट ‘ए’ र टि-२० मान्यता पाउनेछ।

जिम्बाब्वे ‘ए’ सँगको सिरिज नेपालको तयारीको रुपमा महत्वपूर्ण मानिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x