खेलकुद मन्त्री अथकले दिए नेपाली क्रिकेट टीमलाई बधाई
वि.सं.२०७८ चैत २२ मंगलवार
17.9K
shares
shares
२२ चैत्र, काठमाण्डौं
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टीमलाई बधाई दिनुभएको छ । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिनुभएको हो ।
नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ४० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई दिनुभएको थियो।
मन्त्री अथकले सामाजिक सञ्जालमार्फत बधाई दिँदै यस्तो लेख्नुभएको छ, “त्रि देशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हाँसिल गरेको छ । नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।।”
Subscribe
0 Comments
Oldest
































