केपी ओलीले घाेषणा गरे करिव ५ लाख पुरस्कार राशिको ‘टिकटक कम्पिटिसन’

16.9K
shares
Nabil bank

काठमाडौं । नेकपा एमालेको साइवर सर्कलले करिव ५ लाख राशीको राष्ट्रिय टिकटक प्रतियोगीता आयोजना गर्ने भएको छ । आगामी स्थानिय निकायको चुनावलाई लक्षित गर्दै सोमवार एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सो प्रतियोगिताको घोषणा गरेका हुन्।  

‘समृद्व नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पुरा गर्ने र स्थानिय निकायको चुनावमा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ नेपालको साईबर सर्कल विभागले टिकटक प्रतिस्पर्धाको आयोजना गर्न लागेको हो ।

नेकपा एमालेको विचार तथा सिद्धान्त झल्किने खालका आकर्षक टिकटक भिडियो बनाई नगद पुस्कार जित्न सकिने राष्ट्रिय युवा संघ नेपालसाइवर सर्कल विभागका प्रमुख मदन भण्डारीले जानकारी दिए ।

‘नेकपा एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टीका सिद्धान्तहरुलाई चर्चित भिडियो प्ल्याट फर्म टिकटक मार्फत नविनता र सृजनशिलता प्रदान गरी समाजमा प्रस्तुत गर्न आहवान गर्दै उक्त कार्यमा नेकपा एमालेको कार्य तथा विचार झल्किने खालका टिकटक भिडियो बनाई प्रतियोगितामा सहभागी भई नगद पुरस्कार जित्नुहुन आह्वान गरेको छ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि मस्ट पपुलर र क्रियटिभ दुई विधामा तिन तिन जनालाई पुरस्कार वितरण गरिनेछ । जसमा प्रथमले रु एक लाख, द्धितीयले रु पचास हजार र तृतीयले पच्चिस हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगीता चैत्र २१ गतेबाट सुरु भएको टिकटक प्रतिस्पर्धा वैशाख ३० गतेसम्म चल्नेछ । प्रतिस्पर्धाको अन्तिम नतिजा जेठ ७ गते हुनेछ भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नेछन् । टिकटक भिडियो बनाउँदा विभिन्न शर्तहरु लागु हुने साइवर सर्कल प्रमुख भण्डारी जानकारी दिए। ।

टिकटक भिडियो २०७८ चैत्र २१ गते देखि ०७९ वैशाख ३० गतेसम्ममा अपलोड गरिसक्नुपर्ने, नेकपा एमालेले अघि सारेका योजना र विकासमा आधारित नितान्त व्याक्तिगत रचनात्कम भिडियो हुनुपर्ने, सृजना बढीमा २ मिनेटको हुनुपर्ने, भिडियोमा भोट फर सन्, सिपिएन यूएम एल, साइवर सर्कल नेपाल, आइएम विथ केपी ओली लगाएतका ह्यासट्याग प्रयोग गर्नुपर्ने छ समेत प्रमुख भण्डारीले जानकारी दिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x