मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) खुञ्जेलीकाे राजीनामा
वि.सं.२०७८ चैत २५ शुक्रवार
shares
काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छिन । उनले ४ वर्षको कार्यकाल सकिन केही दिन मात्र बाँकी हुँदा बैंकको सीईओबाट राजीनामा दिएकी हुन् ।
उनले राजीनामा दिएपनि बैंकको सञ्चालक समितिले भने स्वीकृत गरिनसकेको बुझिएको छ । खुञ्जेली २०७४ चैत ३० मा सिइओमा नियुक्त भएकी थिइन् । उनको कार्यकाल चैत ३० मा सकिँदैछ । तर, साे अगावै उनी बैंकबाट बाहिरिएकी हुन् ।
स्रोतका अनुसार दोस्रो कार्यकाल दोहोर्याउन इच्छुक थिइन् । तर, बैंक सञ्चालक समितिले उनको कार्यकाल दोहोर्याउन इच्छुक नभएपछि उनले राजीनामा दिएकाे स्राेतले बतायाे ।
उनीसँग ३० बर्ष काम गरेकाे बैंकिङ अनुभव छ । उनले आफ्नो कार्यकलमा बैंकको ग्रोथमा राम्रो काम गरेको विभिन्न सूचकहरुले देखाउँछ ।
तत्कालीन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करियर सुरु गरेकी खुञ्जेली नबिल बैंक हुँदै स्थापना कालमै मेगा बैंक प्रवेश गरेकी थिइन्। अनिलकेशरी शाह मेगा बैंकबाट बाहिरिएपछि उनी मेगा बैंकमा सीईओ भएकी थिइन् ।




























