विवेकशील साझा : काठमाडौं महानगरमा मेयर र उपमेयरमा दुवै महिला उम्मेदवार

3.1K
shares

काठमाडौं । विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिको मेयर र उपमेयरका लागि दुवै महिला उम्मेदवार उठाउने भएकाे छ । पार्टीले समीक्षा बाँस्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उमेदवार बनाउने निर्णय गरेको हाे ।

‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऔँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भने नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको हो ।

civil hospital
Hams Hospitals