भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हाे : अध्यक्ष ओली
वि.सं.२०७८ चैत २९ मंगलवार
shares
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र रहेकाे दाबी गरेका छन् ।
आज (मंगलबार) ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले साे कुरा बताएका हुन् । भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो । कांग्रेसको पछाडि पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन् । आन्दोलनका पछाडि लाग्ने वामपन्थी । एमाले वामपन्थी हो । वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन् । हामी कोही झुक्किनु पर्ने अवस्था छैन् ।’ ओलीले भने ।
माओवादी केन्द्रको भाँडो रित्तो भएकाे दाबी गर्दै उनले भने – ‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन् । माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरूले केन्द्र भनेका छन् । दुई चार जना नेता छन्, अधिकांशले छोडिसके ।
माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउँमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको स्पष्ट पारे ।




























