शिक्षक माथि अज्ञात समुहद्वारा सांघातिक आंक्रमण
वि.सं.२०७८ चैत २९ मंगलवार
shares
सिन्धुपाल्चोक। पाँचपोखरी थाङ्पाल गाउँपालिका स्थित श्री भिम विद्याश्रम माध्यमिक विद्यायका शिक्षक मथि सोमबार अज्ञात समुहद्वारा सांघातिक आंक्रमण भएको छ ।
राति घर फर्किने क्रममा शिक्षक रामजी खनालमाथि आक्रमण भएको हाे । दोषीमाथि कारबाहिको माग गर्दै राजनितिक दल, सरोकार वाला ब्यक्तिहरु , शिक्षक संगठन लगायत शिक्षाप्रेमिहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पाँचपोखरी थाङ्पाल गाउँपालिकाका उपाध्यक्ष समेत रहेका खनालमाथि भएको घटनाको गाउँपालिका अध्यक्ष टासि लामाले निन्दा गर्दै दाेषी उपर कडा कारबाहिको माग गरेका हुन्।
त्यस्तै नेकपा एमाले पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर १ कमिटिले विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाउदै त्यस्ता दानविय शैलि नपनाउन समेत खुला रुपमा चेतावनी दिएको छ । खनालको शिघ्रस्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउन समेत वडा नम्बर १ कमिटिले माग गरेको छ ।
त्यस्तै, शिक्षक जस्तो सम्मानित पेशा गर्दै आएको ब्यक्तिलाई गरिएको आक्रमणलाई लिएर सामाजिक रुपमा भत्सर्ना गरिएको छ । घटना राजनितिक पूर्वाग्रहका कारण भएको हुनसक्ने आशंका गरिएको छ।




























