भारती सिंह बच्चा जन्माएको १२ दिनमा नै काममा फर्किइन्, सबैको लागि प्रेरणा दिने सन्देश सहित

काठमाडौं । चर्चित हास्य कलाकार भारती सिंह काममा फर्केकी छिन् ।

अप्रिल ३ मा छोरालाई जन्म दिएकी उनी काममा फर्केकी हुन् ।

भारती छोरा डेलिभरी भएको १२ दिनपछि काममा फर्किइन् ।

हालै सामाजिक सञ्जालमा भारतीको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी आफ्नो कामको प्रतिबद्धताको बारेमा कुरा गरिरहेकी छिन् ।

 

भारतीले भनिन्, ‘मेरो छोरा १२ दिनको मात्रै भएको छ, तर केही कामका प्रतिबद्धता छन्, जुन पूरा गर्नुपर्छ ।’ भारती डेलिभरी भएको १२ दिनपछि हुनरबाजको सेटमा फर्केकी हुन् ।

सामाजिक सञ्जालमा उनको तारिफ भइरहेको छ । विश्वभरी नै सुत्केरी भएपछि लामो दिनसम्म विदा बस्ने चलन छ ।

नेपालमा समेत ९० दिनसम्म विदा दिने प्रक्रिया छ । तीन महिनासम्म बच्चा जन्माएपछि महिला कमजोर हुन्छन् । उनीहरुले विदा मनाउँनुपर्छ भन्ने आम धारणा छ । तर यो धारणा समेत भारतीले तोडेकी छिन् ।

उनले महिलाहरु बच्चा जन्माए लगत्तै काम गर्न सक्छन् भन्ने सन्देश दिएकी छिन् । उनको यो सन्देश दुनियाँभरी नै प्रेरणाको स्रोतको रुपमा लिइएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro